कोशी


विराटनगर आँखा अस्पतालको क्यान्टिनमा लागेको आगो आधा घण्टापछि नियन्त्रणमा

विराटनगर आँखा अस्पतालको क्यान्टिनमा लागेको आगो आधा घण्टापछि नियन्त्रणमा

नेपालखबर
जेठ २७, २०८२ मंगलबार २०:३३, विराटनगर

विराटनगर महानगरपालिका १५ स्थित विराटनगर आँखा अस्पतालमा आगलागी भएको छ। आँखा अस्पतालको क्यान्टिनमा करिब आधा घण्टादेखि लागेको आगो दमकलको सहयोगमा नियन्त्रण लिइएको छ। 

आगलागी भएको २० मिनेटसम्म पनि दमकल घटनास्थलमा पुगेको थियो। 

ढिलो दमकल पुग्दा आगो नियन्त्रणमा लिन समय लागेको प्रहरीले जनाएको छ। ग्यासको रेगुलेटर लिक भएर आगलागी भएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी कोपिला दंगालले जानकारी दिइन्। 

आगो अहिले पूर्ण रूपमा नियन्त्रणमा आइसकेको उनको भनाई छ।

विराटनगर आँखा अस्पताल आँखा उपचारको लागि अब्बल मानिन्छ। यहाँ भारत, बङ्गलादेश, भुटान, म्यानमार लगायतका धेरै देशहरूबाट समेत उपचारको लागि आउने अस्पताल हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad