कोशी


धनकुटामा भर्‍याङबाट लड्दा महिलाको मृत्यु

धनकुटामा भर्‍याङबाट लड्दा महिलाको मृत्यु

नेपालखबर
जेठ २७, २०८२ मंगलबार ८:५३, विराटनगर

धनकुटामा भर्‍याङबाट लडेर महिलाको मृत्यु भएको छ। 

जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार भर्‍याङबाट लड्दा धनकुटा नगरपालिका वडा नम्बर ७ समावेशी टोल बस्ने ६१ वर्षीया वर्तकुमारी राईको मृत्यु भएको हो। 

सोमबार राति घरको माथिल्लो तलामा जाने क्रममा राई भर्‍याङबाट अचानक लडी बेहोस भएकी थिइन्।

अचेत अवस्थामा  जिल्ला अस्पताल धनकुटामा उपचारका क्रममा राति ९:२० बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ।

पोस्टमार्टमका लागि शव जिल्ला अस्पताल धनकुटामा राखिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad