मोरङको सुनबर्सी नगरपालिका वडा नम्बर ९ मा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ।
सुनबर्सी नगरपालिका वडा नम्बर ९ मलढैयास्थित झप्पडतोल डाइनिया सडक खण्डको हुलाकी मार्गमा सडक किनारमा बिग्रिएर राखेको को१त ११०५ नम्बरको ट्याक्टरमा मोटरसाइकल ठोक्किएर दुर्घटना एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा मे १ प १०२९ नम्बरको मोटरसाइकल चालक भारत घर भएका करिब ३० वर्षीय नवीनकुमार पौदार रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। दुर्घटनापछि शरीरका विभिन्न भागमा गम्भीर चोट लागेका पौदारको रङ्गेली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।
मोटरसाइकलको पछाडि सवार भारतको अरअरिया जिल्ला आँपगाछी पञ्चायत-७ कोहारा बस्ने १९ वर्षीय पप्पु कुमार बहरदारको घाइते भएका छन् उनको दुवै हातमा चोट लागेको र रङ्गीले अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
Shares

प्रतिक्रिया