समाज


नेपालीको टीपीएस सुविधा खारेज गर्दै अमेरिकाले भन्यो- दुई महिनाभित्र आफ्नो देश फर्कनू

नेपालीको टीपीएस सुविधा खारेज गर्दै अमेरिकाले भन्यो- दुई महिनाभित्र आफ्नो देश फर्कनू

गृह सुरक्षा मन्त्री क्रिस्टी नोयम


नेपालखबर
जेठ २२, २०८२ बिहिबार २३:१६, काठमाडौँ

अमेरिकामा नेपालीलाई दिइएको अस्थायी बसोवाससम्बन्धी अनुमति टेम्पोररी प्रोटेक्टेड स्टाटस (टीपीएस) खारेज भएको छ।

अमेरिकाको गृह सुरक्षा मन्त्रालयले आज एक सूचना जारी गरी नेपालको अवस्थाको समीक्षा र सम्बन्धित साझेदार निकायहरूसँगको परामर्शपछि नेपालीले टीपीएसका लागि वैधानिक आवश्यकताहरू पूरा नगर्ने निष्कर्ष निकालेको जनाएको छ।

गृह सुरक्षा मन्त्री क्रिस्टी नोएमले नेपालको अवस्थाले अब टीपीएसको लागि वैधानिक आवश्यकताहरू पूरा नगर्ने घोषणा गरेकी हुन्।

टीपीएस सशस्त्र द्वन्द्व, वातवरणीय प्रलय र अन्य असाधारण संकटमा रहेका मुलुकका आप्रवासीलाई अमेरिकामा बस्ने र काम गर्ने अनुमति दिने कार्यक्रम हो। यसअन्तर्गत नेपाल, एल साल्भाडोर, निकारागुआ र होन्डुरसका ३ लाख ३७ हजार आप्रवासी अमेरिकामा बसोबास गरिरहेका छन्। उनीहरुले अमेरिकामा वैध रुपमा बस्ने अधिकार गुमाउन पुगेका छन्।

नेपालीको लागि टीपीएस हैसियत सूचना प्रकाशित भएको ६० दिनपछि अर्थात् २०२५ मा अगस्ट ५ राति ११:५९ बजे समाप्त हुने भनिएको छ।

टीपीएस हैसियतमा अमेरिकामा बसेका नेपालीहरूलाई अन्य हैसियतमा बस्ने वैधानिक आधार छैन भने अब स्वदेश फर्किने तयारी गर्न त्यहाँको गृह सुरक्षा मन्त्रालयले भनेको छ।

२०२१ को अन्त्यसम्ममा १४ हजार ५५६ नेपाली अमेरिकामा टीपीएस कार्यक्रमअन्तर्गत बसिरहेका थिए। गत सेप्टेम्बरमा सार्वजनिक गरिएको अर्को तथ्यांकमा भने विश्वका १६ देशबाट ८ लाख ६३ हजार ८८० जना रहेकामा नेपालका ७ हजार ८७५ जना अमेरिकामा टीपीएस कार्यक्रमअन्तर्गत बसिरहेको देखाइएको छ।

 राष्ट्रपति बाराक ओबामाको प्रशासनले २०१५ नेपालीलाई टीपीएसको हैसियत प्रदान गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad