सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०८२।०८३ को बजेटले कोशीटप्पुदेखि सगरमाथा पदमार्ग निर्माण गर्ने समेटेको छ।
सरकारले कोसी प्रदेशमा पर्यटन प्रवर्द्धन तथा विकासको लागि कोसीटप्पुदेखि सगरमाथासम्मको पदमार्ग निर्माण गरी सञ्चालनमा ल्याइने, केचना–पाथीभरा पदमार्ग सञ्चालन गरिने, पर्यापर्यटन पदमार्गको रूपमा विकास गरिने उल्लेख गरिएको छ।
कोसीमा र्याफ्टीङ लगायतको पर्यटन पूर्वाधारलाई प्राथमिकतामा राखिने बजेटमा भनिएको छ।
उदयपुरमा बनाइने भनिएको सगरमाथा विमानस्थलको विस्तृत अध्ययन प्रतिवेदन तयार पारिने बजेटमा उल्लेख गरिएको छ।
झापाको औद्योगिक पार्कको लगानी बोर्डमार्फत व्यवस्थापन गरिने भनिएको छ। आधुनिक औद्योगिक क्षेत्रलाई व्यवस्थित गर्ने बजेटमा उल्लेख छ।
15
Shares

प्रतिक्रिया