कोशी


गाँजा तस्करी गर्दै गर्दा भारतीय एम्बुलेन्स प्रहरी नियन्त्रणमा

गाँजा तस्करी गर्दै गर्दा भारतीय एम्बुलेन्स प्रहरी नियन्त्रणमा

नेपालखबर
बैशाख २१, २०८२ आइतबार २१:१८, विराटनगर

कोसी प्रदेशका सुनसरी, धनकुटा, झापा र मोरङबाट हरके दिन जस्तो गाँजासहित सवारी नियन्त्रण आउनु सामान्य जस्तै बन्दै जान थालेको छ। 

त्यस्ता सवारी साधनहरू अधिकांश नेपाली नम्बरका भए पनि भारतीय एम्बुलेन्स पनि गाँजा तस्करीमा प्रयोग हुन थालेको फेला परेको छ। 

आइतबार सुनसरी प्रहरीले गाँजा तस्करीमा भारतीय नम्बर प्लेटको एम्बुलेन्स प्रयोग भएको सार्वजनिक गरेको हो। शनिबार राति सुनसरीमा प्रहरीले १ सय ८० केजी गाँजा लोड गरिएको भारतीय नम्बर प्लेटको एम्बुलेन्स नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

प्रहरीले रामधुनी नगरपालिका ६ स्थित पिडारी क्षेत्रबाट १ सय ८० केजी लागू औषध गाँजा सहित एक भारतीय नम्बरको एम्बुलेन्स र त्यसका चालकलाई प्रहरीले नियन्त्रण लिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी सुमनकुमार तिम्सिनाले जानकारी दिए।

प्रहरीका अनुसार, लागू औषध गाँजा बोकेर जाँदै गरेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय इटहरी, पकली र प्रस्तावित इलाका प्रहरी कार्यालय रामधुनीबाट खटिएको संयुक्त प्रहरी टोलीले सो क्षेत्रको सम्पूर्ण सडक ब्लक गर्दै चेकजाँच गरेको थियो। 

जाँचका क्रममा भारतको बीआर ३८ पी ५४१४ नम्बरको एम्बुलेन्सलाई रोकी खानतलासी गर्दा कालो प्लास्टिक भित्र सेतो बोरामा प्याक गरिएको ३०–३० केजीका ६ बोरा गरी जम्मा १ सय ८० केजी गाँजा  फेला परेको प्रहरीको दाबी छ।  

उक्त एम्बुलेन्स चालक सुनसरी वराहक्षेत्र नगरपालिका ४ का २५ वर्षीय श्रीराज कुमार साहलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

पक्राउ परेका चालक सहित बरामद लागू औषध र एम्बुलेन्सलाई इलाका प्रहरी कार्यालय पकलीमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक तिम्सिनाले जानकारी दिए। 

यसअघि कारोबारीले नेपाली नम्बर प्लेटको एम्बुलेन्स तथा नक्कली सरकारी नम्बर प्लेटको गाडी, तेल बोक्ने ट्याङ्कर समेत प्रयोग गरी गाँजा तस्करी गर्ने गरेका थिए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad