कोशी


नक्कली नोटसहित एक भारतीय पक्राउ

नक्कली नोटसहित एक भारतीय पक्राउ

नेपालखबर
बैशाख १७, २०८२ बुधबार १४:३५, विराटनगर

विराटनगरबाट एकजना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। मोरङको विराटनगर महानगरपालिका-१३ बाट नक्लली नोटसहित एक जना भारतिय नागरिकलाई प्रहरीले पक्राउ गरेको हो। 

पक्राउ पर्नेमा भारत बिहार अररियाका १९ बर्षीय सिम्पी बैसन्ति रहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ। मंगलबार साँझ विराटनगर-१३ स्थितमा रहेको किराना पसलमा सामान किन्ने क्रममा सिम्पी बैसन्तिले भारतीय ५ सय रुपैयाको नोट पसलेलाई दिएकोमा उक्त नोट नक्कली रहेको शंका लागेर पसल धनीले प्रहरीलाई खवर गरेपछि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।  

इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा उनकोकोसाथबाट ५ सय दरको ७ वटा नक्कली भारतीय नोट र नेपाली रुपैयाँ ३ हजार १ सयसहित नियन्त्रणमा लिएको छ। नक्कली नोटसहित पक्राउ परेकी उनको बारेमा आवश्यक कानुनी कारवाही तथा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad