कोशी


गाँजा तस्करीमा ठूला सवारी प्रयोग, धनकुटामा ट्रक र सुनसरीमा पिकअप गाडी नियन्त्रणमा

गाँजा तस्करीमा ठूला सवारी प्रयोग, धनकुटामा ट्रक र सुनसरीमा पिकअप गाडी नियन्त्रणमा

नेपालखबर
बैशाख १६, २०८२ मंगलबार १५:२८, विराटनगर

धनकुटा र सुनसरीमा गाँजा ओसारपसारमा ठूला, सवारी साधनको समेत प्रयोग भएको पाइएको छ। 

प्रहरीले धनकुटा र सुनसरीबाट लागू औषध गाँजा बोकेको २ वटा सवारी साधन सहित ओसारपसारमा संलग्न रहेका तीन जनालाई नियन्त्रणमा लिएको छ।  

धनकुटाको चौबिसे गाउँपालिका ५ बाट ना. ५ख ६१५७ नम्बरको ट्रकमा लोड भएको अवस्थामा ३८ बोरा ९९ सय ४६ किलोग्राम) गाँजा बरामद गरेको प्रहरीले जनाएको  छ। गएराति विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय राजारानी र अस्थायी प्रहरी विट मौनावुधुकबाट खटिएको प्रहरी टोलीले गाँजा सहितको ट्रकलाई नियन्त्रणमा लिएको हो।

ट्रक र ओसारपसारमा संलग्न रहेका चौबिसे गाउँपालिका ५ का मनोज लिम्बुलाई प्रहरीले नियन्त्रणमा लिएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ। ट्रकमा लोड गरेर सुनसरी तर्फ लग्न लागिएको अवस्थामा ट्रक प्रहरीको नियन्त्रणमा आएको थियो।

यसैगरी सुनसरीको सितागंजबाट खटिएको प्रहरी गस्ती टोलीले बर्जू गाउँपालिका ३ मा  प्र१०२००२ च ५१२६ नम्बरको पिक अप गाडीमा गाँजा सहित नियन्त्रणमा लिएको छ। 

पिकअपमा रहेको ६ बोरा ९१ सय ९९ किलो ३ ग्राम० गाँजा फेला पारेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ।  

ओसारपसारमा संलग्न चालक धनकुटा नगरपालिका ९ उद्धव भण्डारी र सहचालक सोही स्थानका कविराज राईलाई नियन्त्रणमा लिएको छ। गाँजा बोकेको २ वटा सवारी साधन सहित पक्राउ परेका व्यक्तिको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad