मोरङको ग्रामथान गाउँपालिकाका अध्यक्ष नमोनारायण माझीले वडा अध्यक्षलाई कार्यवाहक दिएर चीन भ्रमणमा हिँडेका छन्। नौ दिने चीन भ्रमणमा जाने भएपछि कार्यवाहक अध्यक्षको जिम्मेवारी वडाध्यक्षलाई दिएका हुन्।
उपाध्यक्ष गुणवतीदेवि थारुलाई वास्तै नगरी कानुन विपरीत वडा अध्यक्षलाई कार्यवाहक दिएर अध्यक्ष माझी विदेश गएका हुन्।
अध्यक्ष माझीले वडा नं. ३ का अध्यक्ष रमेशकुमार भगतलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएका छन्।
अध्यक्ष अनुपस्थित हुँदा उपाध्यक्षलाई कार्यवाहक जिम्मेवारी दिनुपर्ने प्रावधान स्थानीय सरकार सञ्चालन ऐनमा छ।
उपाध्यक्षसँग सम्पर्क नभएको कारण देखाउँदै वडा अध्यक्षलाई भगतलाई कार्यवाहक दिएको उल्लेख गरेका छन्।
माझी नेकपा माओवादी केन्द्रका नेता दिननाथ शर्माको नेतृत्वमा मंगलबारदेखि चीन भ्रमणमा जाँदैछन्।
उपाध्यक्षसहित नेकपा एमालेका जनप्रतिनिधिहरुको बहुमत रहेको ग्रामथानमा माओवादी केन्द्रबाट माझी गत उपनिर्वाचनमा अध्यक्षमा निर्वाचित भएका थिए। सुरुवातदेखि नै अध्यक्ष र एमालेका जनप्रतिनिधिबीच विवाद हुँदै आएको छ।
वडा अध्यक्षलाई कार्यवाहक दिने विषयलाई अदालतले कानुन विपरीत भनेको छ।
Shares

प्रतिक्रिया