नेपाल बार एसोसिएसनको नेतृत्व चयनका लागि भएको निर्वाचनअन्तर्गत मतगणना जारी छ।
सोमबार दिनभरिमा झापा, इलाम, विराटनगर, माेरङ, सुनसरी, धनकुटा, राजविराज, उदयपुर, सिरहा, सर्लाही, राैतहट र बाराको मत गणना गर्दा सत्ता गठबन्धननिकट उम्मेदवारले अग्रता लिइरहेका छन्।
सत्ता गठबन्धन निकट अध्यक्षका उम्मेदवार विजयप्रसाद मिश्रले मतान्तर अझै बढाएका छन्।
कुल १ हजार १६० मत गणना हुँदा मिश्रले ७०७ मत ल्याउँदा विपक्षी गठबन्धननिकट उम्मेदवार रमनकुमार श्रेष्ठले ४३४ मत पाएका छन्।
श्रेष्ठभन्दा मिश्र २७३ मतले अगाडि छन्।
बारको २५ सदस्यीय कार्यसमिति चयन गर्न चैत २३ गते मतदान भएको थियो।
महासचिवमा मिश्र प्यानलकै उम्मेदवार केदार कोइरालाले ७१२ मत पाउँदा श्रेष्ठ प्यानलका यज्ञमणि न्यौपानेले ३७५ मत पाएका छन्।
बारको २५ सदस्यीय कार्यसमिति चयन गर्न चैत २३ गते मतदान भएको थियो।
सबै पदका उम्मेदवारको पछिल्लो नतिजा हेर्नुहोस्:



Shares

प्रतिक्रिया