कोशी


इटहरीमा सरकार विरुद्ध राजावादीको प्रदर्शन, प्रहरीसँग घम्साघम्सी

इटहरीमा सरकार विरुद्ध राजावादीको प्रदर्शन, प्रहरीसँग घम्साघम्सी

नेपालखबर
चैत १८, २०८१ सोमबार २१:१०, विराटनगर

सुनसरीको इटहरीमा राजावादीहरूले साँझ प्रदर्शन गरेका छन्। इटहरीको मुख्य चोकमा गणतन्त्रविरुद्ध नारा लगाउँदै प्रदर्शन गरेका हुन्। 

राष्ट्रवादीको नाम दिएर निस्किएको जुलुसमा सहभागीले इटहरी चोकबाट विराटनगर लाइन हुँदै बसपार्क तर्फ मोडिएर फेरी इटहरी चोकमा मसाल जुलुस निकालेका थिए।  

प्रदर्शनमा सहभागीहरूले राजतन्त्र फर्काउनु पर्ने, सिन्डिकेट तन्त्र, लुटतन्त्रको अन्त्य गर्नु पर्ने, हिन्दु राज्य कायम गर्नु पर्ने लगायत गणतन्त्र विरोधको नारा लगाएका थिए।  

इटहरी चोकमा प्रदर्शनकारी र प्रहरी बिच केही बेर घम्साघम्सी भएको थियो। प्रहरीले राँके जुलुस नियन्त्रणमा लिन खोज्दा केही बेर लफडा भएको सुनसरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुमन तिमल्सिनाले जानकारी दिए। 

इटहरीमा प्रहरी र प्रदर्शनकारी बिच केही बेर हानाहान भएको थियो।

त्यस्तै झापाको झिलझिले,  दमकमा पनि राजावादीहरूले सरकारको विरुद्धमा साँझ प्रदर्शन गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad