कोशी


कोसीमा ढाका महोत्सव सुरु (तस्बिर)

कोसीमा ढाका महोत्सव सुरु (तस्बिर)

सुमन सुस्केरा
चैत ७, २०८१ बिहिबार २०:४, विराटनगर

विराटनगरमा ढाका महोत्सव सुरु भएको  छ। नेपाल उद्योग वाणिज्य महासङ्घ कोसी प्रदेशको महिला उद्यम समितिको  आयोजनामा ३ दिने ढाका महोत्सव कोसीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले उद्घाटन गरे।

‘नेपाली भेषभुषा हाम्रो बोली, ढाकाको सारी ढाकाकै चोली’ नाराका साथ ढाका महोत्सवको आयोजना गरिएको आयोजक समितिका सभापति सरू केसीले जानकारी दिइन्। नेपाली उत्पादनको प्रवर्द्धनका लागि ढाका महोत्सव आयोजना गरिएको बताइन्।

महोत्सवको उद्‌घाटन गर्दै कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नीति तथा कार्यक्रम बनाएर आगामी आर्थिक वर्ष २०८२ र ०८३ को बजेटमार्फत प्रदेशमा भएका ढाका उद्योगलाई प्रवर्द्धन गरिने बताए।

उनले ढाका उद्योगले भोग्नु परेका समस्या र चुनौतीका विषयमा सरकारलाई राय सुझाव दिन आग्रह गरे।

‘प्रदेश सरकारले ढाका महोत्सवलाई सधैँ साथ र सहयोग दिन तयार छ,’  मुख्यमन्त्री कार्कीले भने, ‘ढाका उद्योगले भोग्नु परेका समस्यालाई प्रदेश सरकारले सम्बोधन गर्न सक्ने भए यहाँबाटै र केन्द्रबाट गर्नुपर्ने भए म त्यसका लागि केन्द्र पनि पहल गर्छु।’

नेपाल उद्योग वाणिज्य महासङ्घ कोसी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले प्रत्येक वर्ष ढाका महोत्सवलाई निरन्तरता दिने बताए।

उनले ढाका कपडाको प्रवर्धन, स्थानीय महिला उद्यमीहरूको क्षमता अभिवृद्धि, व्यापारिक सम्भावनाको खोजी तथा नेपाली महिलालाई उद्यमशीलतामा सशक्त बनाउनका लागि कोसी प्रदेशमा पहिलो पटक ढाका महोत्सवको आयोजना गरेको प्रस्ट्याए।

नेपालसहित अन्तर्राष्ट्रिय बजार उपलब्ध गराएर स्थापित गराउने उद्देश्यका साथ ढाका महोत्सवको आयोजना गरिएको राउतले बताए।

महोत्सवमा ढाका कपडाको प्रदर्शनी, फेसन सो, व्यापार तथा लगानी प्रवर्धन, व्यावसायिक अवसरबारे छलफल, संवाद कार्यक्रम, ढाका बुनाइ तथा तान बुन्ने प्रतियोगिता हुनेछ।

महोत्सवमा कोसी प्रदेशको तेह्रथुम, ताप्लेजुङ, पाँचथर, इलाम, धनकुटा, सङ्खुवासभालगायतको क्षेत्रमा ढाका उद्योग रहेका छन्। ढाका महोत्सवमा १४ जिल्लाको २६ वटा स्टल रहेको छ।

तस्बिरहरू

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad