कोशी


भोजपुरमा जंगलको आगो गाउँ पस्यो, १० घरगोठ जले

भोजपुरमा जंगलको आगो गाउँ पस्यो, १० घरगोठ जले

नेपालखबर
चैत ४, २०८१ सोमबार १८:७, विराटनगर

हावाहुरी सँगै आगलागीका घटना बढ्न थालेका छन्। आज दिउँसो भोजपुरमा भीषण आगलागी भएको छ। 

भोजपुर नगरपालिका–१२ पारपानीमा भीषण आगलागी भएको हो। आगलागीबाट १० वटा घर तथा गोठ जलेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ। 

प्रारम्भिक विवरण अनुसार, आगलागीले स्थानीय बासिन्दाका घर, पशु पालनका संरचनाका (पाली), गोठ, शौचालय तथा अन्य सम्पत्तिमा ठुलो क्षति पुर्‍याएको प्रहरी नायव उपरीक्षक (डीएसपी) युवराज तिमिल्सिनाले जानकारी दिए।

पारपानीको जङ्गलबाट निस्किएको आगो गाउँमा पसेको हो। १० वटा संरचनामा क्षति भएको  हो। ६ वटा घर, ४ वटा गोठ, सुँगुरको खोर, शौचालय लगायतका थुप्रै संरचना जलेको उनले बताए। 

आगो नियन्त्रणको प्रयास भइरहेको भए पनि अझै नियन्त्रणमा आउन नसकेको तिमिल्सिनाले जानकारी दिए। दमकल, स्थानीयवासी तथा सुरक्षाकर्मी आगो नियन्त्रणमा सक्रिय रहेका छन्।

स्थानीय प्रशासनले क्षतिको विवरण सङ्कलन गरिरहेको छ भने प्रभावित परिवारलाई तत्काल राहत उपलब्ध गराउने पहल भइरहेको जनाइएको छ। आगो नियन्त्रणमा नै समस्या रहेको कारण अझै कसको कति क्षति भयो भन्ने यकिन भएको उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad