नेकपा (एकीकृत समाजवादी) ले चैत्र १५ गते समाजवादी मोर्चाले गर्ने कार्यक्रममा हजारौँ मानिसहरू उपस्थित गराउने दाबी गरेको छ।
सोमबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको स्थायी कमिटीको बैठकले यस्तो निर्णय गरेको हो।
बैठकका निर्णय सुनाउँदै उपाध्यक्ष जगन्नाथ खतिवडाले हजारौँ मानिस उतार्नका लागि विभिन्न प्रयत्न गरिरहेको बताए।
जनप्रदर्शनलाई सशक्त ढंगले सफल बनाउनेतिर अग्रसर रहेको उनको भनाइ छ। राजावादीहरूले गरेका गतिविधिहरू खण्डन गर्ने एकीकृत समाजवादीले जनाएको छ।
कम्तिमा ६० हजार र त्यसभन्दा बढी एक लाखसम्म कार्यकर्ता आन्दोलनमा उतार्ने उनको दाबी छ।
528
Shares

प्रतिक्रिया