कोसी प्रदेशका प्रदेश प्रमुखले प्रदेश सभाले पारित गरेका पाँचवटा विधेयक प्रमाणीकरण गरेका छन्।
कोसी प्रदेशका प्रमुख परशुराम खापुङ्गले कोसी प्रदेश सभाबाट पारित भई आएको विधेयकहरू नेपालको संविधानको धारा २०१ को उपधारा (१) बमोजिम सभामुखबाट प्रमाणित गरी पेस हुन आएको देहाय बमोजिमको विधेयकहरू नेपालको संविधानको धारा २०१ को उपधारा (२) बमोजिम आज प्रमाणीकरण गरेका हुन्।
प्रदेश सभाबाट पारित भई प्रदेश प्रमुख समक्ष पुगेको प्रदेश जीवनाशक विषादी व्यवस्थापन गर्न बनेको विधेयक, २०८१, प्रदेश बीउ बिजन सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक, २०८१, केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०८१ लाई प्रतिस्थापन गर्न बनेको विधेयक, २०८१, प्रदेश भवन ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक, २०८१ र कोसी प्रदेश प्रदेश वातावरण संरक्षण ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक, २०८१ प्रमाणीकरण भएको कोसी प्रदेश प्रमुख कार्यालयका प्रवक्ता नारायण प्रसाद भट्टराईले जानकारी दिए।
विभिन्न मितिमा प्रदेश प्रमुखको कार्यालयमा आएका विधेयकहरू बिहीबार प्रमाणीकरण भएको उनले जानकारी दिए।

Shares

प्रतिक्रिया