बाल यौन दुर्व्यवहारको आरोपमा विराटनगरमा एकजना शिक्षक पक्राउ परेका छन्।
विराटनगर महानगरपालिका वडा नम्बर ३ मा रहेको जनता नमुना माध्यमिक विद्यालयमा अध्यापनरत प्रावि शिक्षकलाई प्रहरीले पक्राउ गरेको हो।
पक्राउ परेका शिक्षक विराटनगर महानगरपालिका २ घर भई प्राथमिक तहमा पढाउने ५८ वर्षीय ओजेस भगत रहेको जिल्ला प्रहरी मोरङका प्रमुख प्रहरी उपरीक्षक नारायण चिमरियाले जानकारी दिए।
पक्राउ परेका शिक्षक भगतले विद्यालयका विद्यार्थीहरूलाई 'ब्याड टच' गरेको उजुरीका आधारमा अनुसन्धानको लागि नियन्त्रणमा लिइएको एसपी चिमरियाले बताए।
पक्राउ परेका शिक्षकमाथि प्रहरीले अनुसन्धान शुरू गरेको जनाएको छ।
438
Shares

प्रतिक्रिया