नेकपा एकीकृत समाजवादी पार्टीका संसदीय दलका नेता एवम् पूर्वमुख्यमन्त्री राजेन्द्र राईले कसैले माननीयज्यू भन्दा पनि झस्किनु पर्ने अवस्था आएको बताएका छन्।
अब त माननीयज्यू भन्दा पनि झल्याँस्स हुनु पर्ने अवस्था आएको भन्दै उनले प्रदेश सभामा बोल्न नै भुलिसकेको बताए।
‘ध्यान दिएर बोल्नु पर्ने अवस्था रहेको छ’, उनले भने, ‘लामो समयसम्म प्रदेशसभा नचलेका कारण आफूलाई कसैले माननीयज्यू भन्दा पनि झस्किनु पर्ने अवस्था आएको छ।’
संसद् नचलेको कारण बोल्ने बानी नै बिर्सिसकेको समेत भन्न भ्याए। कोसी प्रदेश सभामा दलको तर्फबाट बोल्दै राईले सरकारले नियमित गर्नु पर्ने कामहरू नगरेको आरोप लगाए।
कोसी प्रदेशमा पाथीभरा र कोसी प्रदेशको नामको विषय असाध्यै संवेदनशील भएकोले तत्काल केन्द्रीय सरकारसँग समन्वय गरेर समाधानको बाटो निकाल्नु पर्ने बताए। क्षतीपुुर्ति बिना ठूलो क्षेत्रलाई पाथीभरा क्षेत्र विकासको नाममा लग्न खोजिएको भन्दै गम्भीर विषय आउने उल्लेख गरे।
पुराना ऐन संशोधन र नयाँ ऐन बनाउने बारेमा सरकारले प्रदेशसभालाई नयाँ बिजनेस दिने गरी ल्याउनु पर्ने बताइन् ।
पाथीभरामा समस्या भयो
अहिले पाथीभरामा केबलकार बनाउने बारेमा स्थानीय आन्दोलित भएको भन्दै यस्तो अवस्थामा प्रदेश सरकार मौन र गैर जिम्मेवार भएर बस्न नमिल्ने भन्दै सरकारलाई ध्यान दिन आग्रह गरिन्। उनले केबलकार व्यवसायी र आन्दोलनरत स्थानीय जनतालाई वार्तामा बोलाउने वातावरण सरकारले बनाउनु पर्ने बताइन्।
‘वार्तामा सहमति भए केबलकार निर्माणको काम अघि बढाउनुस्,’ उनले भनिन्, ‘नो केबलकार भन्ने नागरिकको तर्फबाट विरोध गर्दा गर्दै काम हुँदा त्यहाँ ठूलो क्षति हुने अवस्था आएको छ।’
दुवै पक्षलाई सुरक्षाको अनुभूति दिलाउने बारेमा सरकारले ध्यान दिनु पर्ने बताइन्।
‘सुरक्षाको आवश्यक नपर्ने ठाउँमा एक जना ब्यपारीको कारणले गर्दा जिल्लामा अशान्ति मच्चिएको छ,’ उनले भनिन्, ‘जहाँ सुरक्षा दिनु पर्ने हो त्यहाँ सुरक्षा दिनु पर्छ, जनतालाई दुख दिने गरी गतिविधि हुनु हुँदैन।’
उनले प्रदेश सभा सदस्यको हैसियतलाई प्रदेश सरकारले कायम राख्न समेत चुनौती दिइन्। वडा सदस्यको जस्तो पनि हैसियत प्रदेश सभा सदस्यको नभएको बताइन्।
Shares

प्रतिक्रिया