कोशी


सोलुखुम्बुमा बुधबार चारचोटि परकम्प, स्थानीयलाई घरभित्र छिर्नै डर

सोलुखुम्बुमा बुधबार चारचोटि परकम्प, स्थानीयलाई घरभित्र छिर्नै डर

नेपालखबर
पुस २४, २०८१ बुधबार २१:५९, सोलुखुम्बु

सोलुखुम्बुको खुम्बु क्षेत्रमा पटकपटक भूकम्पका परकम्प गएका छन्। मङ्गलबार गएको ठूलो भूकम्पपछि खुम्बु क्षेत्रमा साना परकम्प निरन्तर गइरहेका छन्। 

आज बिहान ३:३० बजे र ५:३० बजे खुम्बु क्षेत्रको दिङबोचे क्षेत्रमा भूकम्पका परकम्प महसुस गरिएको छ। त्यसपछि बिहान ९ः३० बजे थाम्बुचे क्षेत्रमा र साँझ ५:३० बजे लुक्ला तथा पैयाँ क्षेत्रमा पनि परकम्पका झट्का अनुभव गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ। 

प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले पराकम्पका कारण स्थानीय बासिन्दामा त्रास बढेको जानकारी दिए। उनले भने, ‘खुम्बु क्षेत्र जहाँ मङ्गलबार गएको भूकम्पको केन्द्र तिब्बतनजिक पर्छ, त्यहाँ धेरै परकम्प गइरहेका छन्, जसले गर्दा स्थानीयमा त्रास उत्पन्न गराएको छ तर सम्भावित सहयोगका लागि हाम्रा प्रहरीहरू स्थानीयसँगै छन्।’

परकम्पले छिनछिनमा धक्का दिन थालेपछि स्थानीय घरभित्र छिर्नसमेत डराइरहेको स्थानीय पासाङ शेर्पाले बताए। राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रका अनुसार मङ्गलबार बिहान ६ बजेर ५० मिनेट जाँदा नेपाल–चीन सीमा क्षेत्रमा पर्ने तिब्बतमा ७ म्याग्निच्युडको ठूलो भूकम्प गएको थियो। 

यस भूकम्पका परकम्प नै खुम्बु क्षेत्रमा महसुस भएको अनुमान गरिएको छ। खुम्बु तिब्बत्को नजिकपर्ने भएकाले त्यस क्षेत्रमा बढी पराकम्पको धक्का महसुस गरिएको हुनसक्ने बताइएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad