कोशी


प्रधानमन्त्री ओलीले गरे दमक टावर उद्घाटन (तस्बिरहरू)

प्रधानमन्त्री ओलीले गरे दमक टावर उद्घाटन (तस्बिरहरू)

नेपालखबर
मंसिर २३, २०८१ आइतबार १६:१२, काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमक नगरपालिका- ३, दापगाछीस्थित दमक व्यापारिक कम्प्लेक्सको आज उद्घाटन गरेका छन्।

मुख्य बजार क्षेत्रबाट चार किलोमिटर दूरीमा पर्ने १८ तले कम्प्लेक्स १ अर्ब ६३ करोड ५४ लाख ४६ हजार लागतमा बनेको हो। चार बिघा १६ कट्ठा क्षेत्रफलमा फैलिएको यस कम्प्लेक्सलाई घरेलु र विदेशी पर्यटकको प्रमुख गन्तव्यका रूपमा विकास गर्ने सरकारको अवधारणा रहेको प्रधानमन्त्री ओलीले उद्घाटन कार्यक्रममा बताए।

भव्य जनसहभागितामा भएको उद्घाटन कार्यक्रममा प्रथम महिला राधिका शाक्य, उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह, कोसी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीलगायत सहभागी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad