ad ad

कोशी


कोसीमा प्रदेश लगानी सम्मेलनको तयारी सुरु

कोसीमा प्रदेश लगानी सम्मेलनको तयारी सुरु

नेपालखबर
असोज १८, २०८१ शुक्रबार १७:५३, काठमाडौँ

कोसी प्रदेश सरकारले आगामी माघ ११, १२ र १३ गते गर्ने कोसी प्रदेश लगानी सम्मेलनको तयारी सुरु गरेको छ।

गत असोज १३ गते बसेको मन्त्रिपरिषदको बैठकले अवधारणा पत्र पारित गरेपछि काम सुरु भएको हो। कोसी प्रदेश लगानी सम्मेलनको मुल आयोजक समिति निर्माण गरी काम सुरु गरिएको छ। शुक्रबार आयोजक समितिको पहिलो बैठक सम्पन्न भएको छ। 

पहिलो बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संघ सरकार, स्थानीय सरकार र निजी क्षेत्रको समन्वय र सहकार्यमा सम्मेलन सफल पार्नु पर्ने बताए। उनले ढुंगाभित्रबाट पनि पिपलको बोट उम्रिने बताउँदै प्रदेश सरकारसँग अनेकौँ चुनौति छन् पिपलको बोट उम्रिएजस्तै चुनौतीलाई पार गरेर अघि बढ्नु पर्ने उल्लेख गरे।

‘एउटा पिपल त अनेक अफ्ट्यारोमा पनि उम्रिन्छ भने हामी संवृद्धिका लागि सबैले संकल्प गर्यौ भने लगानी सम्मेलन सफल पार्छौँ,’ उनलेृ भने।

कानुनी जटिलताहरूलाई सहजीकरण गर्नका लागि संघीय सरकारसँग आवश्यक पहल गर्ने प्रतिवद्धता व्यक्त समेत उनले गरे।

प्रदेश लगानी सम्मेलनको तयारीका लागि योजनाहरु बनाउने र परियोजनाहरुको तयारी गर्ने र त्यसलाई लगानीकर्तामाझ पु¥याउने योजना ल्याउने गरी बैठकले तयारी गरेको छ।

कोसी प्रदेश सरकारले निजी क्षेत्रका प्रदेश उद्योग वाणिज्य संघ, उद्योग संगठन मोरङ, मोरङ उद्योग व्यापार संघ, नेपाल चेम्बर अफ कमर्स प्रदेश समिति, नेपाल उद्योग परिसंघ, प्रदेश सहकारी संघ, विराट व्यापार संघलगायतलाई सहसंयोजक राखेर मुल आयोजक कमिटी बनाएको छ। 

यसमा प्रदेशका मन्त्रीहरू, निजी क्षेत्रका अगुवाहरू र संघसंस्थालाई समेटिएको छ। त्यस्तै दसैँअघि नै लगानी सम्मेलनको सचिवालय बनाउने तयारी समेत भएको छ।

कोसी प्रदेशका सभामुख संयोजक रहने गरी सल्लाहकार समिति, प्रदेश लगानी प्राधिकरणका प्रमुख कार्यकारीको नेतृत्वमा परियोजना तयारी समिति, आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर रानाको नेतृत्वमा लगानी सम्मेलन निर्देशन समिति, आन्तरिक मामिला तथा कानुनमन्त्री लीलावल्लभ अधिकारीको नेतृत्वमा नीतिगत तथा कानुनी सुधार गर्न समेत समिति गठन गरिएको छ।

प्रदेश लगानी सम्मेलनको बैठकमा सहभागीहरूले स्वदेशी लगानीकर्तालाई पनि आकर्षित गर्नु पर्ने र भारतीय उद्योगपतिहरुलाई आकर्षित गर्ने गरी योजना बनाउनु पर्ने र कानूनी जटिलतालाई छिटो र छरितो ढंगले निरुपण गर्नु पर्ने सुझाव दिएका छन्।

कोसी प्रदेश सरकारले यस वर्षको नीति तथा कार्यक्रम र बजेटमा लगानी सम्मेलन गर्ने घोषणा गरेर तयारी सुरु गरेको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .