सप्तकोसीमा पानीको बहाव घट्न थालेको छ।
पानीको बहाव घट्दै जान थालेपछि कोसी ब्यारेजमा हलुका सवारीसाधनहरू सञ्चालनमा आएको कोसी प्रदेश प्रहरी कार्यालयका वरिष्ठ उपरीक्षक भीम बहादुर दाहालले जानकारी दिए।
गत बिहीबारदेखि परेको अविरल वर्षाका कारण सप्तकोसीमा पानीको बहाव बढेको थियो भने सबै ढोका खोल्नुपरेको थियो।
सप्तकोसीमा प्रतिसेकेन्ड ६ लाख ६१ हजार पाँच क्युसेकसम्म पुगेको थियो।
लगातार पानीको बहाव बढ्दै गएपछि कोसी ब्यारेज भएर मानिस र सवारीसाधनलाई अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि आवागमन बन्द गरिएको थियो।
48
Shares
प्रतिक्रिया