ad ad

कोशी


५ बजेट कार्यान्वयन गरेको कोसी प्रदेश विकास खर्चमा अगाडि छ : प्रदेशमन्त्री मगर

५ बजेट कार्यान्वयन गरेको कोसी प्रदेश विकास खर्चमा अगाडि छ : प्रदेशमन्त्री मगर

नेपालखबर
असार १, २०८१ शनिबार १६:३, काठमाडौँ

कोसी प्रदेशका आर्थिक मामिलामन्त्री रामबहादुर मगरले आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट वक्तव्य सार्वजनिक गर्दै कोसी प्रदेश विकास खर्चमा अन्य प्रदेशको तुलनामा अगाडि रहेको बताएका छन्। 

प्रदेश सभामा बजेट सार्वजनिक गर्दै उनले ५ बजेट कार्यान्वयन गरेको प्रदेशको पुँजीगत खर्च क्षमता अन्यको तुलनामा बढी रहेको उल्लेख गरेका हुन्। 

उनले आर्थिक वर्ष ०७८/०७९ मा प्रदेश सरकारले ८९.९८ प्रतिशत खर्च गरेको उदाहरण दिँदै प्रदेशमन्त्री मगरले सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका र संखुवासभाको भोटखोला गाउँपालिकाबाहेक सबै स्थानीय तहको केन्द्रसम्म सडक पहुँच पुगेको बताए ।

आव ०७५/०७६ देखि निर्माण सुरु गरेका ७८ बहुवर्षीय आयोजनाका प्रादेशिक सडकमध्ये २२ वटा सम्पन्न भएको बताए। उनले ५२८ किमि सडक कालोपत्रे, १२५७ किमि ग्राभेल, ११०२ किमि कच्ची सडक र मर्मत तथा ट्राक ओपनसहित जम्मा ४३६६ किमि सडक निर्माण तथा स्तरोन्नति गरिएको बताए।

यसअवधिमा ८० वटा मोटरेबल पुल, १८४ वटा झोलुंगे पुलको निर्माण गरिएको उनले बताए। हालसम्म प्रदेश सरकारले ३३ वटा सरकारी भवन निर्माण, १०५ वटा सामुदायिक भवन, ११ वटा भ्युटावर निर्माण, १८ वटा बसपार्क निर्माण, ४६ वटा पार्क र ५४ वटा एकीकृत बस्ती विकास गरिएको जनाए। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .