कोसी प्रदेशमा सवारीधनीले एकै पटक ५ वर्षसम्मका लागि कर तिरेर ब्लुबुक नवीकरण गर्न सक्ने भएका छन्।
आगामी आर्थिक वर्षको बजेटले वर्षेनी कर तिरेर ब्लुबुक नवीकरण गर्नुपर्ने बाध्यता हटाएको हो।
प्रदेशका आर्थिक मामिला मन्त्री राम बहादुर मगरले बजेटबाट सवारी धनीले चाहेमा एकै पटक पाँच वर्षको सवारी कर तिर्न सक्ने व्यवस्था गरेका हुन्।
योसँगै अन्य कुनै प्रदेशबाट सरुवा भई कोसी प्रदेशमा दर्ता हुने सवारीसाधनमा समेत ५० प्रतिशत कर छुट दिने व्यवस्था गरेको हो।
294
Shares
प्रतिक्रिया