ad ad

कोशी


कोसी प्रदेशबाट सुरु भयो श्रमाधान रोजगार मेला

कोसी प्रदेशबाट सुरु भयो श्रमाधान रोजगार मेला

नेपालखबर
जेठ १७, २०८१ बिहिबार १७:४१, काठमाडौँ

विराटनगरबाट ‘श्रमाधान रोजगार मेला’को शुभारम्भ भएको छ।

सातै प्रदेशमा हुने ‘रोजगार मेला’को शुभारम्भ भने विराटनगरबाट भएको हो। कोसी प्रदेशको राजधानी विराटनगरमा बिहीवार र शुक्रबार मेला सञ्चालन हुनेछ। बिहीबा प्रधानमन्त्री पुष्पकमल दाहालले मेलाको उद्घाटन गरे। 

मेलाको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले वैदेशिक रोजगारीबाट फर्किएकाहरू वा नेपालमै रहेको श्रम सीप र अनुभवको उपयोग गरी उद्यमशिलता विकास गर्न तथा रोजगारीको माग र आपूर्तिको विषयमा काम गर्ने रोजगार बैंकको अवधारणा सरकारले कार्यान्वयनमा ल्याएको बताए।

उनले एक लाख रिटर्नीहरूलाई उनीहरूको ज्ञान, पुँजी, सीप र प्रविधि क्षमताअनुसारको रोजगारी सुनिश्चित गर्न सरकारले बजेटमा आवश्यक प्रबन्ध गरेको पनि बताए।

मेलामा कोसी प्रदेशका ५० भन्दा उद्योगी व्यवसायीले स्टल नै राखेर रोजगारीका लागि आवेदन आह्वान गरेका छन्।  रोजगारीको खोजीमा रहेकाहरूले सीप, क्षमता र योग्यताअनुसारको जागिरका लागि प्रश्ताव गर्न र जागिर प्राप्त गर्न मेला प्रभावकारी हुन सक्ने निजी क्षेत्रको पनि बुझाइ छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले श्रमाधान रोजगार मेलाले रोजगारीको खोजी गरिरहेका दक्ष जनशक्तिका लागि जागिर पाउने उपयुक्त थलो बन्नसक्ने बताए। 

मेलाले रोजगारदाता कम्पनी र श्रमको खोजिमा रहेका नेपाली नागरिकलाई जोड्ने पुलको काम गर्ने विश्वास व्यक्त उनले गरे।

प्रदेशकै करिब ७० प्रतिशत उद्योग व्यवसाय भएको शहर विराटनगरमा आयोजित मेला रोजगारी खोजी गरिरहेका जनशक्ति र श्रमिक खोजी गर्ने उद्यमीहरूबीचको संगमस्थल बन्नसक्ने अनुमान छ। मेलामा सहभागी भएर आफ्नो योग्यता, सीप तथा क्षमताअनुसारको रोजगारीका लागि आवेदन दिनसमेत अपिल गरिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .