ad ad

कोशी


भारतको ३ करोड ६१ लाख सहयोगमा निर्मित विद्यालय भवन र छात्रबास उद्घाटन

भारतको ३ करोड ६१ लाख सहयोगमा निर्मित विद्यालय भवन र छात्रबास उद्घाटन

नेपालखबर
चैत २२, २०८० बिहिबार १८:३१, काठमाडौँ

भारत सरकारको ३ करोड ६१ लाख रुपैयाँ आर्थिक आर्थिक सहयोगमा खोटाङको रावा बेंसी गाउँपालिकास्थित शारदा माध्यमिक विद्यालय र छात्रावास भवनको उद्घाट गरिएको छ। 

बिहीबार आयोजित एक कार्यक्रमबीच जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राई, रावा बेसी गाउँपालिकाका अध्यक्ष फटिक कुमार श्रेष्ठ र भारतीय राजदूतावासका प्रथम सचिव सुमन शेखरले उक्त भवनक संयुक्त रुपमा उद्घाटन गरे।

कार्यक्रममा जनप्रतिनिधि, सरकारी अधिकारी, समाजसेवी, विद्यालय व्यवस्थापनका प्रतिनिधि, शिक्षक/शिक्षिका, अभिभावक तथा विद्यार्थी उपस्थित थिए।

‘नेपाल–भारत विकास सहकार्य’अन्तर्गत भारतको अनुदान सहयोगमा दुई तल्ले विद्यालय, छात्रावास भवन र दुवै भवनका लागि फर्निचर खरिदका लागि उपयोग गरिएको थियो।

यो परियोजना जिल्ला समन्वय समिति, खोटाङमार्फत कार्यान्वयन गरिएको हो। भारत र नेपालबीच भएको सम्झौताअन्तर्गत पहिले साना विकास परियोजनाका नामले परिचित यो परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा अघि बढाइएको हो। 

शारदा माध्यमिक विद्यालय सन् १९५२ मा स्थापना भएको हो।  कक्षा १ देखि प्लस टु तहसम्म अध्यापन हुने यस विद्यालयमा ३६५ भन्दा बढी विद्यार्थी अध्ययनरत छन्। जसमा ५० प्रतिशत छात्रा छन्।

सन् २००३ यता नेपालका विभिन्न क्षेत्रमा ५५० वटा भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजना अघि बढाइएका छन्।

हालसम्म ४८८ वटा परियोजना सम्पन्न भइसकेका छन्। यीमध्ये कोसी प्रदेशका विभिन्न क्षेत्रमा ८५ वटा परियोजना छन्।

जसमा एउटा परियोजना खोटाङमा छ। यसका साथै भारतले स्वतन्त्रता दिवस र गणतन्त्र दिवसको अवसरमा नेपालका विभिन्न अस्पताल, स्वास्थ्य चौकी र शैक्षिक संस्थालाई ९७४ वटा एम्बुलेन्स र २३४ वटा स्कुल बस प्रदान गरिसकेको छ।

जसमध्ये कोसी प्रदेशलाई १४१ वटा एम्बुलेन्स र ३५ वटा स्कुल बस उपहारस्वरुप प्रदान गरिएको छ। यसमा ४ वटा एम्बुलेन्स र एउटा स्कुल बस खोटाङ जिल्लालाई उपलब्ध गराइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .