कोशी


पाथीभरामा भक्तजनले चढाएको सुन १५ महिनामा ९८ तोला

पाथीभरामा भक्तजनले चढाएको सुन १५ महिनामा ९८ तोला

फाइल तस्बिर


नेपालखबर
पुस २, २०८० सोमबार १६:०, तप्लेजुङ

ताप्लेजुङ जिल्लामा अवस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा पछिल्लो पटक ९८ तोलाभन्दा बढी सुन सङ्कलन भएको छ।

पछिल्लो १५ महिनाको अवधिमा भक्तजनले चढाएको ९८ तोला ४१ लाल सुन सङ्कलन गरी तौल गरिएको तौल मूल्याङ्कन तथा ‘रिफाइन’ उपसमितिका अध्यक्ष शम्भुप्रसाद गौतमले बताए।

उनका अनुसार उक्त सुन ‘रिफाइन’ भने गरिएको छैन। यस्तै, सोही अवधिमा ९२ किलो ६ सय ५० ग्राम चाँदी सङ्कलन भएको छ। चाँदी पनि रिफाइन गरिएको छैन।

गत वर्षको भदौ ७ देखि यस वर्षको मङ्सिर १६ सम्म सङ्कलित उक्त सुनचाँदी रिफाइन गर्ने तयारी गरिएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ।

यसअघि दुई वर्षको अवधिमा सङ्कलित सुनचाँदीको विवरण यकीन भएको थियो। उक्त विवरणअनुसार २०७७ भदौ १८ देखि २०७९ भदौ ६ गतेसम्मको रिफाइन गरिएको सुन ८६ तोला ९३ लाल रहेको छ।

दुवै पटक तौल गरिएको सुन बिक्री गरिएको छैन। यसपटक सङ्कलित सुन रिफाइनपछि भने लिलाम बिक्री हुने पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङले बताए।

यस्तै, पाथीभरामा सङ्कलन भएको भेटी रकमसमेत गणना भइरहेको छ। मन्दिरबाट जम्मा गरेर क्षेत्र विकास समितिको भन्डारमा राखिएका नोट मिलाउने काम भइरहेको कार्यकारी निर्देशक हाङ्बाङले जानकारी दिए।

अपुग कर्मचारी थप गरेर लामो समयदेखि थुप्रिएका नोट मिलाउने र गणना गर्ने कार्य भइरहेको उनको भनाइ छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad