वृहत् नागरिक आन्दोलनले कोशी नामकरणको विरोध गर्दै संघर्षरत आन्दोलनकारीहरूलाई युनिफाइड कमाण्ड (प्रहरी, सशस्त्र र सेना) परिचाललन गरि धरपकड गरेको भन्दै विरोध जनाएको छ।
आइतबार बेलुकी एक प्रेस विज्ञप्ति जारी गर्दै आन्दोलनकारी पक्रने नाममा मध्यरातामा सर्वसाधारणको घरघरमा पस्दै धरपकड गरिएकाले विरोध गरेको बताइएको छ।
आन्दोलनकारीले गरेको पूर्वान्चल बन्द खोलाउन सेना परिचालन गरिएको बताएएको छ।
‘मंसिर २६ गतेदेखि अहिलेसम्म पूर्वी पहाडका विभिन्न ठाउँमा नेता तथा अभियन्ताहरू विरूद्ध व्यापक धरपकड जारी छ। घरघरमा खानतलासी गर्न प्रहरी मात्र होइन कतिपय ठाउँमा सशस्त्र बल र सेनाको पनि प्रयोग गरिएको छ। यस्ता ज्यादती मध्यरातमा समेत भइरहेको छ। राज्यको आतंकित गतिविधि तीव्र छ। अहिलेसम्म ६३ जनाभन्दा बढी अभियन्तालाई गिरफ्तार गरिएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘अधिकार प्राप्तिको आन्दोलनमा संलग्न अधिकांश अभियन्ताको नाममा पक्राउ पूर्जी जारी गरिएको छ। सरकारले फोन ट्यापिङ्गको चरम दुरूपयोग गरिरहेको छ। राज्यबाट असुरक्षित महसुस गर्दै अधिकांश नेतारअभियन्ताहरूको उठीबास छ। आफ्नो घरमा बस्ने स्थिति छैन। ज्यानको सुरक्षा गर्न गाउँगाउँ भौतारिँदै बास बस्नुपर्ने स्थिति छ। यस्तो राज्य आतंकको तत्काल अन्त्य गर्न नागरिक आन्दोलन जोडदार माग गर्दछ।’
आन्दोलनमा सहभागी भन्दै पूर्वमन्त्री गोपाल किराती पनि पक्राउ परेका थिए। उनलाई ५ दिनपछि आइतबार बेलुकी रिहा गरिएको छ।
पक्राउ परेका बाँकीलाई पनि ‘यथाशिघ्र रिहा गर्न वृहत् नागरिक आन्दोलनले जोरदार माग’ गरेको छ।
Shares
प्रतिक्रिया