ad ad

कोशी


कोशीका मुख्यमन्त्रीले प्रदेशसभामा पेस गरे बजेटको प्रतिस्थापन विधेयक

कोशीका मुख्यमन्त्रीले प्रदेशसभामा पेस गरे बजेटको प्रतिस्थापन विधेयक

नेपालखबर
मंसिर ९, २०८० शनिबार १७:४९, काठमाडौँ

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले चालु आर्थिक वर्ष २०८१/०८१ का लागि बजेट अध्यादेश प्रतिस्थापन विधेयक प्रदेशसभामा पेस गरेका छन्। आर्थिक मामिला तथा योजना मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका मुख्यमन्त्री कार्कीले शनिबार बसेको प्रदेशसभा बैठकमा सो विधेयक पेस गरेका हुन्। 

कार्कीले प्रतिस्थापन विधेयक मार्फत् ३६ अर्ब ७४ करोड ३५ लाख १० हजारको बजेट पेस गरेका हुन्। 

यसअघि तत्कालीन मुख्यमन्त्री हिक्मतकुमार कार्कीले अध्यादेशमार्फत बजेट ल्याएका थिए। उनले ३७ अर्ब २४ करोड ३५ लाख १० हजार बराबरको बजेट ल्याएका थिए। सो अध्यादेशभन्दा बाहेकका केही नयाँ योजना थप गरेर कार्कीले शनिबार अध्यादेश प्रतिस्थापन विधेयक प्रदेशसभामा पेस गरेका हुन्। 

उक्त बजेट विधेयकमा चालुतर्फ १२ अर्ब ६८ करोड १० लाख ८३ हजार बजेट विनियोजन भएको छ। त्यस्तै, पुँजीगततर्फ २० अर्ब ३८ करोड १५ लाख ८२ हजार, वित्तीय व्यवस्था तर्फ १ करोड र स्थानीय तहमा वित्तीय हस्तान्तरण तर्फ ३ अर्ब ६६ करोड ७३ लाख ४५ हजार बजेट विनियोजन भएको छर 
३६ अर्ब ७४ करोड ३५ लाख १० हजारको 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .