ad ad

कोशी


कोशीमा माओवादीबाट उप्रेती र समाजवादीबाट जबेगु मन्त्री नियुक्त

कोशीमा माओवादीबाट उप्रेती र समाजवादीबाट जबेगु मन्त्री नियुक्त

नेपालखबर
कात्तिक १७, २०८० शुक्रबार १८:३९, काठमाडौँ

कोशी प्रदेशमा मन्त्रिपरिषद् विस्तार भएको छ। सत्ता गठबन्धनको शुक्रबार बसेको बैठकले नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीलाई समेटेर मन्त्रिपरिषद् विस्तार गर्ने निर्णय गरेको हो। 

जस अनुसार माओवादी केन्द्रबाट कोशी प्रदेश सचिव समेत रहेका गणेश उप्रेती र नेकपा एकीकृत समाजवादीबाट कमल प्रसाद जबेगु मन्त्री बनेका छन्। 

उनीहरूको मन्त्रालय भने टुंगो लाग्न बाँकी छ। अहिले शपथ ग्रहणका लागि प्रदेश प्रमुखको कार्यालयमा मन्त्रीहरू उपस्थित भएका छन्। 

माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्र आङ्बोले गठबन्धनले निर्णय गरेर केदार कार्कीको नेतृत्वको सरकारमा सहभागी भएको जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .