समाज


सोह्रखुट्टेमा बसमुनी मोटरसाइकल पसेर दुर्घटना हुँदा एकको मृत्यु

सोह्रखुट्टेमा बसमुनी मोटरसाइकल पसेर दुर्घटना हुँदा एकको मृत्यु

नेपालखबर
साउन ७, २०८० आइतबार २१:१४, काठमाडौँ

काठमाडौंको सोह्रखुट्टेमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

काठमाडौँ महानगरपालिका–१६ सोह्रखुट्टे उकालोमा बा ४ ख ७४११ नम्बरको बसमुनी बा ६४ प ४९३२ नम्बरको मोटरसाइकल पसेर दुर्घटना हुँदा मोटरसाइकल चालक नुवाकोट वेलकोटगढी नगरपालिका–९ घर भई हाल काठमाडौ‌ बालुवाटार बस्ने २३ वर्षीय शिवसुन्दर गजुरेलको मृत्यु भएको हो।

काठमाडौ‌ उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले दुर्घटनामा गम्भीर घाइते भएका गजुरेलको उपचारका क्रममा नयाँबजारस्थित पिपुल्स अस्पतालमा मृत्यु भएको जानकारी दिए।

प्रहरीले बस र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रवक्ता भट्टले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad