ad ad

कोशी


महिला घरभित्र मृत, पति रुखमा झुन्डिएको अवस्थामा भेटिए

महिला घरभित्र मृत, पति रुखमा झुन्डिएको अवस्थामा भेटिए

नेपालखबर
असार २२, २०८० शुक्रबार ८:३०, इलाम

इलाममा एकजनाले श्रीमतीको हत्या गरी आत्महत्या गरेका छन्। 

माइजोगमाई–२ टारसिंहका ५६ वर्षीय पिताम्बर खतिवडाले ५२ वर्षीया श्रीमती राधिकाको हत्या गरी आत्महत्या गरेको इलामका प्रहरी उपरीक्षक दिलीपकुमार घिमिरेले जानकारी दिए। राधिका पिताम्बरकी जेठी श्रीमती भएको बताइएको छ। 

गएराति साढे १० बजेतिर चिच्याएको आवाज सुनेपछि छिमेकीले खतिवडाको घरमा गएर हेरेपछि घटनाबारे जानकारी प्राप्त भएको उनले बताए। राधिका कोठामा लडिरहेको अवस्थामा फेला पारेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। प्रहरीचौकी गोर्खेका  प्रहरी सहायक निरीक्षक मदन बस्नेत तथा प्रहरीचौकी जौबारीका प्रहरी सहायक निरीक्षक धनप्रसाद रिमालको नेतृत्वमा टोली घटनास्थल पुगेको छ। 

गालामा गहिरो चोट लागेकी राधिकाको घटनास्थलमै मृत्यु भएको एसपी घिमिरेले जानकारी दिए।

पिताम्बर भने घरदेखि सय मिटर टाढा निबारोको रुखमा झुन्डिएको अवस्थामा मृत फेला परेका छन्।

अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट समेत थप प्रहरी टोली परिचालन गरिएको प्रहरीले जनाएको छ। रासस 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .