कोशी


ओखलढुंगामा पहिरोले घर पुरिँदा बाबु-आमाको मृत्यु, छोरा र छोरी बेपत्ता

ओखलढुंगामा पहिरोले घर पुरिँदा बाबु-आमाको मृत्यु, छोरा र छोरी बेपत्ता

फाइल तस्बिर


नेपालखबर
असार ८, २०८० शुक्रबार ८:१०, ओखलढुंगा

ओखलढुङ्गामा अविरल वर्षासँगै खसेको पहिरोले घर पुरिँदा एकै परिवारका दुईजनाको मृत्यु भएको छ भने दुई बालबालिका बेपत्ता भएका छन्। 

गएराति चम्पादेवी गाउँपालिका–८ विलन्दुका ३६ वर्षीय रणबहादुर गुरुङको घर पहिरोले पुरिँदा गुरुङसँगै उनकी २९ वर्षीया श्रीमती शिवमायाको मृत्यु भएको हो। गुरुङका १० वर्षीय छोरा दिनेश र १८ महिनाकी छोरी कृतिका पहिरामा परी बेपत्ता भएका छन्। 

बेपत्ताको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए। राति करिब ११ बजेको समयमा बस्तीमाथिबाट आएको पहिरोले गुरुङसँगै स्थानीय बलबहादुर गुरुङ र जरसिंह गुरुङको घर पनि पुरिएका छन्।

ती दुई घरमा बस्नेले भने भागेर ज्यान जोगाएको बताइएको छ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले अहिले बेपत्ताको खोजी गरिरहेका छन्। पहिराले धनमाल र पशु चौपायको क्षति भने यकिन हुन सकेको छैन। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad