ad ad

कोशी


कोशी प्रदेश सरकार र पहिचानवादीबीच वार्ता सुरु

कोशी प्रदेश सरकार र पहिचानवादीबीच वार्ता सुरु

नेपालखबर
असार ४, २०८० सोमबार १०:८, काठमाडौँ

कोशी प्रदेश सरकार र पहिचानवादीबीच विराटनगरमा वार्ता सुरु भएको छ। 

प्रदेशको नाम ‘कोशी’ राखिएकामा असन्तुष्ट हुँदै आन्दोलनरत पक्षसँग प्रदेश सरकारले संवाद  थालेको हो। 

‘कोशी’ नाम खारेज गरी जातीय पहिचानका आधारमा प्रदेशको नामकरण गरिनुपर्ने पहिचानवादीहरूको माग छ।

यस क्रममा भएका आन्दोलनमा हिंसात्मक घटना पनि भए। प्रहरीसँगको झडपमा एकजना पहिचानवादी नेता (पदम लिम्बू लाजेहाङ) सहिदसमेत भइसकेका छन्।

प्रदेशसभाको दुईतिहाइ मतले कोशी नाम पारित गरे पनि पहिचानवादी असन्तुष्ट छन्। उक्त नाम खारेजीका लागि उनीहरुले ‘प्रदेश नं. १ पुनः नामांकन संयुक्त संघर्ष समिति’ नै गठन गरी आन्दोलन गरिरहेका छन्। 

विराटनगरमा जारी वार्ताका थप तस्बिर-

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .