कोशी


मेची अस्पतालमा प्राइमरी वर्न केयर तथा मानसिक स्वास्थ्य वार्ड सञ्चालनका लागि बजेट विनियोजन

मेची अस्पतालमा प्राइमरी वर्न केयर तथा मानसिक स्वास्थ्य वार्ड सञ्चालनका लागि बजेट विनियोजन

नेपालखबर
जेठ ३२, २०८० बिहिबार १८:३९, काठमाडौँ

कोशी प्रदेशले मेची प्रादेशिक अस्पतालमा प्राइमरी वर्न केयर सेन्टर तथा मानसिक स्वास्थ्य वार्ड सञ्चालनको लागि बजेट विनियोजन गरेको छ।

अध्यादेशमार्फत ल्याएको बजेटमा स्वास्थ्य सेवाको तथ्याङ्किय प्रणालीलाई व्यवस्थापकिय सूचना प्रणालीमा रुपान्तरण गर्ने व्यवस्था गरेको हो। 

किटजन्य रोग रोकथाम तथा नियन्त्रणमा जैविक लार्भिसाइड प्रयोग गर्ने कार्यक्रम संचालनका लागि ५ करोड बजेट विनियोजन गरेको छ। 

प्रदेशका नागरिकहरुलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउन वी।पी।कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानसँगको सहकार्यमा विशेष स्वास्थ्य सेवा संचालन गर्ने भएको छ। 

त्यस्तै, ताप्लेजुङ, धनकुटा, दमक अस्पताल र मदनभण्डारी ट्रमा सेन्टरको स्तर उन्नति गरी गुणस्तरिय स्वास्थ्य सेवामा नागरिकहरुको सहज पहुँच वृद्धि गर्न   २९ करोड विनियोजन गरेको छ।

प्रदेशको स्वास्थ्य सेवा  विस्तार र  विधीकरणका लागि ३ अर्ब ७ करोड रुपैयाँ विनियोजन गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad