ad ad

खेल


नेपाल फिलिपिन्ससँग पराजित

नेपाल फिलिपिन्ससँग पराजित

नेपालखबर
जेठ ३२, २०८० बिहिबार १८:४५, काठमाडौँ

साफ च्याम्पियनसिपको तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टोली फिलिपिन्ससँगको मैत्रीपुर्ण खेलमा पराजित भएको छ। मनिलास्थित रिजाल मेमोरियल रंगशालामा भएको खेलमा नेपाल फिलिपिन्ससँग १–० गोल अन्तरले पराजित भएको हो। 

खेलको पहिलो हाफमा फिलिपिन्सलाई गोलरहित बराबरीमा रोकेको नेपालले दोस्रो हाफमा गोल खान पुग्यो। 

खेलको ५०औं मिनेटमा कर्नर प्रहारमा नेपाली खेलाडीबीच तालमेल नमिल्दा गोलकिपर बिट भएको मौकामा फिलिपिन्स गोल गर्न सफल भयो। 

नेपाली टोली अब भोलि शुक्रबारसनफमन लागि भारत प्रस्थान गर्नेछ।  साफ च्याम्पियनसिप भारतको बैंग्लोरमा असार ६ देखि १९ गतेसम्म हुदैछ। साफमा नेपाल, घरेलु टोली भारतसँगै पाकिस्तान र कुवेत रहेको समुह ए मा छ। समुह बी मा लेबनान, मालदिभ्स, भुटान र बंगलादेश छन्। 

नेपालले असार ६ गते कुवेतविरुद्ध खेल्दै साफको सुरुवात गर्नेछ। ९ गते भारत र समूह चरणको अन्तिम खेलमा १२ गते पाकिस्तानसँग खेल्नेछ। 

हरेक समूहका विजेता र उपविजेता सेमिफाइनलमा पुग्नेछ। सेमिफाइनल खेल १६ गते हुनेछ। फाइनल खेल १९ गते हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .