ad ad

कोशी


मृत्यु भएको २९ दिनपछि पदमकुमार लिम्बूको अन्त्येष्टि

मृत्यु भएको २९ दिनपछि पदमकुमार लिम्बूको अन्त्येष्टि

ध्रुव भट्टराई
बैशाख ९, २०८० शनिबार १९:५४, विराटनगर

पहिचानसहितको नामकरण गर्न माग गर्दै भएको आन्दोलनको क्रममा घाइते भई निधन भएका पदमकुमार लिम्बू (लाजेहाङ) को आज मोरङको बेलबारीमा अन्त्येष्टि गरिएको छ।

गत चैत १० गते लिम्बूको उपचारको क्रममा धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको थियो।

सहिद लिम्बूको मृत्यु भएको २९ दिनपछि शनिबार साँझ बेलबारी ३ स्थित टुक्रेमा रहेको किराँत याक्थुङ चुम्लुङको घेराबारा स्थलमा लिम्बू संस्कार अनुसार अन्त्येष्टि गरिएको हो।

प्रतिष्ठानको मर्चरीमा राखिएको शवलाई शनिवार  बिहान १० बजे धरानमा, ११ बजे इटहरी र साढे १२ बजे रोडशेष चोक विराटनगरमा श्रद्धाञ्जली सभाको आयोजना गरिएको थियो।

विराटनगरको रोडशेष चोकमा शव यात्राको क्रममा प्रहरीसंगको झडप हुँदा आन्दोलनकारीलाई तितरबितर पार्न प्रहरीले ८१ सेल अश्रुग्याँस प्रहार  गरेको थियो।

घटनामा प्रहरीसहित १० जना घाइते भएका थिए।

आन्दोलनकारीले रोडशेष चौकमा श्रद्धाञ्जली सभापछि प्रदेशसभा परिक्रमा गरी दिउँसो शहीद लिम्बूको घर बेलबारी २ लालभित्तिमा शव पुर्याएर अपराह्न ४ बजे पछि अन्तिम संस्कार गरिएको छ।

अन्त्येष्टिमा पहिचानवादी संघसंस्थाका नेताहरुको उपस्थिति रहेको थियो।  

प्रदेश १ को नाम कोशी पारित भएपछि पहिचानको आधारमा नामकरणको माग गर्दै चैत ५ गते भएको आन्दोलनका क्रममा प्रहरीको लाठी लागेर घाइते लिम्बुको उपचारकै क्रममा चैत १० गते मृत्यु भएको थियो।

संघर्ष समितिको माग अनुसार चैत २४ गतेको मन्त्रिपरिषद् बैठकले लिम्बुलाई शहीद घोषणा गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .