कोशी


मुख्यमन्त्री हिक्मत कार्कीको गाडीमा आन्दोलनकारीद्वारा ढुंगामुढा प्रहार

मुख्यमन्त्री हिक्मत कार्कीको गाडीमा आन्दोलनकारीद्वारा ढुंगामुढा प्रहार

नेपालखबर
चैत ६, २०७९ सोमबार १५:३५, विराटनगर

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीमाथि ओखलढुंगामा सोमबार आक्रमणको प्रयास भएको छ।

काेशी प्रदेश नामकरणकाे विषयमा असन्तुष्ट पहिचानबादी पक्षले सिद्धिचरण नगरपालिका वडा नम्बर ११ मिलनचाैमा मुख्यमन्त्री कार्की माथि आक्रमणकाे प्रयास भएकाे हाे।

जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक दिपक केसीका अनुसार मिलनचाैमा भेला भएका संयुक्त संघर्ष समितिका कार्यकर्ताहरुले मुख्यमन्त्री कार्की सवार गाडीलाई अवरोध गरी आक्रमणकाे प्रयास गरेका थिए। 

तर प्रहरीले तत्काल भिडलाई नियन्त्रणमा लिएर मुख्यमन्त्री कार्कीमाथिकाे आक्रमणकाे प्रयास विफल तुल्याएकाे थियाे। साे क्रममा प्रहरीले मुख्यमन्त्री कार्कीमाथि आक्रमणकाे प्रयासमा संलग्न दुई जनालाई पक्राउ गरेकाे प्रहरी नायव उपरीक्षक केसीले जानकारी दिए।

कालो झन्डासहित उपस्थित आन्दोलनकारीले मुख्यमन्त्रीको गाडीमा लगाइएको राष्ट्रिय झन्डा थुतेका थिए। सिद्धिचरण नगरको वडा नम्बर १ मा रहेकाे एक कार्यक्रममा सहभागी हुन मुख्यमन्त्री कार्की त्यसतर्फ गएका थिए।

उनलाई प्रहरीले कडा सुरक्षासहितको अहिले कार्यक्रमस्थलमा लगेकाे छ।

फागुन १७ मा प्रदेशको नाम कोशी राखिएपछि लिम्बूवान, खम्बुवान, किरात राई यायोख्खा, किरात याक्थुङ चुम्लुङसहितका संगठनहरु संयुक्त संघर्षमा छन्। उनीहरुले प्रदेशकाे नामाकरण पुनः राख्न माग राख्दै आएका थिए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .