कोशी


झापामा कारको ठक्करबाट महिलाको मृत्यु

झापामा कारको ठक्करबाट महिलाको मृत्यु

नेपालखबर
फागुन १८, २०७९ बिहिबार ११:५०, झापा

झापाको कान्काई नगरपालिका - ३ स्थित राजमार्गमा कारको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ।

बुधबार साँझ पौने ७ बजे बा. १८च २२४७ नम्बरको कारले बाटो काट्दै गरेको अवस्थामा ठक्कर दिँदा घाइते भएकी कनकाई नगरपालिका - ३ की ३६ वर्षीया सावित्रादेवी भण्डारीलाई बी एन्ड सी अस्पताल बिर्तामोड लगिएकामा त्यहाँ पुर्‍याउनासाथ उनको मृत्यु भएको हो।

ठक्कर दिने कार र चालक कमल गाउँपालिका - ६ का नित्यानन्द ताजपुरियालाई इलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad