ad ad

कोशी


उर्लाबारीमा आयोजित छठको कार्यक्रममा छुरा प्रहार, १४ वर्षीय बालकको मृत्यु

उर्लाबारीमा आयोजित छठको कार्यक्रममा छुरा प्रहार, १४ वर्षीय बालकको मृत्यु

नेपालखबर
कात्तिक १४, २०७९ सोमबार ७:६, काठमाडौँ

मोरङको उर्लाबारीस्थित मावा खोलामा आयोजित छठ पर्वको कार्यक्रममा छुरा प्रहारबाट एक जनाको मृत्यु भएको छ।

झापको दमक–१० नलबारी बस्ने १४ वर्षीय दिउस श्रेष्ठको छुरा प्रहारबाट आइतबार राति मृत्यु भएको हो। 

छुरा प्रहारबाट घाइते भएका श्रेष्ठलाई उर्लाबारीस्थित गोदावरी हस्पिटल लगिएको थियो। गोदाबरी हस्पिटलबाट रेफर भइ झापाको बिएण्डसि हस्पिटलमा उपचार गराउँदा गराउँदै उनको मृत्यु भएको मृतकका बुवा धनबहादुर श्रेष्ठले बताए। 

छुरा प्रहार गर्नेहरुको पहिचान हुन अहिलेसम्म हुन सकेको छैन। ‘छोरालाई छुरा प्रहार गरिएको रहेछ, गोदाबरी हस्पिटल उर्लाबारीबाट फोन आएपछी थाहा पायौं, त्यहा पुगेर हेर्दा रगताम्य थियो,’ मृतकका बुवा श्रेष्ठले भने। 

बिएण्डसि अस्पतालमा उपचारका क्रममा छोराको मृत्यु भएको उनले बताए। उनले प्रहरीमा जानकारी गराएर अस्पतालबाट शव उर्लाबारी  ल्याउने तयारी भइ रहेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .