ad ad

राजनीति


उमेरले राजनीतिको फैसला गर्दैन : अध्यक्ष केसी

उमेरले राजनीतिको फैसला गर्दैन : अध्यक्ष केसी

फाइल तस्बिर


नेपालखबर
कात्तिक १४, २०७९ सोमबार ७:७, बागलुङ

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले व्यक्तिको राजनीतिक भूमिकालाई उमेरले फैसला नगर्ने बताएका छन्। 

आइतबार पाँच दलीय गठबन्धनको बागलुङ नगरस्तरीय अगुवा कार्यकर्ता भेलामा बोल्दै उनले उमेरले वृद्ध भए पनि विचारमा आफू तन्नेरी रहेको दाबी गरे। \

‘विचार हो बुढो र तन्नेरी हुने, उमेरले राजनीतिमा फरक पार्दैन’, उनले भने। 

नेपाली कांग्रेसका दिवङ्गत नेता गिरिजाप्रसाद कोइराला, सुशील कोइरालालगायतको दृष्टान्त सुनाउँदै उनले आवश्यकताले आफू पाको उमरेमा पनि सक्रिय राजनीतिमा रहेको बताए। 

बागलुङ–१ बाट आसन्न प्रतिनिधिसभा सदस्य चुनावमा उम्मेदवार अध्यक्ष केसीले आफूले चाहेर नभई पार्टीको निर्णयअनुसार उम्मेदवार बनेको बताए। 

‘मैले जिल्लाको साथीलाई पनि सिफारिस नगर्नुस् भनेको थिएँ, सिफारिस पनि भएको होइन, पछि पार्टी केन्द्रले नै अगाडि सार्‍यो, गठबन्धन दलबाट पनि तपाईं नै चुनावमा उठ्नुपर्छ भन्ने सुझाव आयो’, उनले भने। 

अध्यक्ष केसीले गठबन्धनको सुत्रधार आफ्नै पार्टी रहेको दाबी पनि गरे। 

‘गठबन्धनको सुरुआत गरेको हामीले हो, २०७७ पुस ५ गते संसद् विघटन भएपछि ७ गते प्रतिगमन भयो भनेर राष्ट्रिय जनमोर्चाले वक्तव्य निकालेको छ’, उनले भने। 

विसं २०५६, २०६४ र २०७० को चुनावबाट सांसद बनेका अध्यक्ष केसी अहिले पुनः संसदमा छिर्ने दाउसहित सत्ता गठबन्धनका तर्फबाट चुनावी मैदानमा छन्। ८२ वर्षको पाको उमेरमा पनि पदका लागि राजनीतिमा अग्रसर रहेको भन्दै उनको बेलाबेला आलोचना हुने गरेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .