ad ad

कोशी


विराटनगरका बजारमा अखाद्य वस्तु , मिति सकिएका सामान नष्ट

विराटनगरका बजारमा अखाद्य वस्तु , मिति सकिएका सामान नष्ट

नेपालखबर
भदौ २२, २०७९ बुधबार ८:६, विराटनगर

विराटनगरका बजारमा म्याद सकिएका तोकिएको भन्दा तौलक कम भएका खाद्य बस्तु फेला परेको छ।

विराटनगर महानगरपालिकाले बजार अनुगमन गर्दा हर्लिक्स, तिर्तौरा चाउचाउ, सस जस्ता खाद्यान्न म्याद सकिएर पनि बेच बिखन भएको पाइएको हो। 

महानगरका उपमेयर शिल्पा निराला कार्कीको नेतृत्वमा बजार अनुगमन गर्दा विराटनगर–११ स्थित नयाँ गद्रीका किराना, तरकारी तथा फलफूल पसलको अनुगमन गर्दा यस्ता सामाग्री फेला पारेको हो। 

अनुगमनका क्रममा उपभोग्य मिति सकिएका खाद्य वस्तु बरामदसमेत गरिएको थियो। ओम विष्णु किराना पसलबाट उपभोग्य मिति सकिएका चिल्ली सक्स, तोरीको पाउडर, चाउचाउ, चाउचाउको मसला, मस्यौरा, मरिज पाउडर, हर्लिक्सलगायतका सामान नष्ट गरिएको थियो। 

त्यसैगरी २१ बोतल तिलको तेल, १ बोतल माछाको सक्ससमेत बरामद गरिएको उपमेयर कार्कीले जानकारी दिइन्।

त्यस्तै गुद्रीमै रहेको आरवी ट्रेडर्समा शंकास्पद ढक र तराजु पनि अनुगमन टोलीले नियन्त्रणमा लिएको छ। 

सम्बन्धित निकायमा पठाएर अध्ययन गर्ने महानगरका आर्थिक महाशाखाका प्रमुख दीपक पौडेलले जानकारी दिए। डिजिटल काँटामा ढकलाई राखेर हेर्दा तौलमा कमी देखिएपछि नियन्त्रणमा लिएको उनले बताए। 

चाडवाड नजिकिएसँगै बजारमा व्यापारीले मनपरी सामानको मूल्य लिने, कम तौलका सामान बिक्री गर्ने, उपभोग्य मिति सकिएका सामान बिक्री गर्ने लगायतका गुनासो आएकाले उपभोक्ताको हितलाई ध्यानमा राखेर अनुगमनलाई तीव्र पारिएको उपमेयर कार्कीले बताइन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .