कर्णाली


कर्णाली युवा महोत्सवको दोस्रो संस्करण वैशाख १९ र २० गते

कर्णाली युवा महोत्सवको दोस्रो संस्करण वैशाख १९ र २० गते

नेपालखबर
बैशाख १७, २०८३ बिहिबार १५:५५, सुर्खेत

कर्णाली प्रदेशका युवाहरूको साझा मञ्चको रूपमा स्थापित कर्णाली युवा महोत्सवको दोस्रो संस्करण हुने भएको छ। यही वैशाख १९ र २० गते वीरेन्द्रनगरको सिटी हलमा महोत्सव आयोजना गर्न लागिएको हो।

युवा महोत्सवका आयोजक समितिका संयोजक विनोदकुमार शाहीले महोत्सवमा युवाहरूको बौद्धिक, सामाजिक र सांस्कृतिक विकास सँगै मनोरञ्जन कार्यक्रम रहने जानकारी दिए। 

उनकाअनुसार प्रदेशका सबै जिल्ला र स्थानीय तहका युवाहरूको सहभागितामा विकास, शिक्षा, स्वास्थ्य, र स्वरोजगारका मुद्दाहरूमा गहन छलफल हुनेछ।

कर्णालीको रैथाने कलासंस्कृति, देउडा खेल र सांगीतिक प्रस्तुतिहरूका माध्यमबाट युवाहरूलाई आफ्नो पहिचानसँग जोडिने अवसर मिल्ने बताए।

उनले भने, ‘कर्णालीलाई विश्वमा चिनाउन उदाहरणीय कार्य गर्ने उत्कृष्ट १० जना युवाहरूलाई कर्णाली युथ आइकन अवार्ड प्रदान गरिनेछ। ओम रिजालद्वारा लिखित पुस्तक पैकेलो माथि अन्तर्क्रिया र अन्य समसामयिक विषयमा विज्ञहरूसँग युथ संवाद सञ्चालन गरिनेछ।’

यो महोत्सव कर्णालीका युवाहरूका लागि आफ्नो प्रतिभा प्रदर्शन गर्ने एउटा साझा डबली हुने आयोजकको दाबी छ।

युवाहरूमा भएको सृजनशीलता, नेतृत्व क्षमता र ऊर्जालाई उजागर गर्दै उनीहरूलाई राज्यको विकास प्रक्रियामा जोड्नु महोत्सवको मुख्य लक्ष्य रहेको छ। 

महोत्सवले युवाहरूमा आपसी समझदारी, एकता र समृद्ध कर्णाली निर्माणको सपनालाई साकार पार्न उत्प्रेरकको भूमिका खेल्ने विश्वास गरिएको छ। 

साथै कर्णालीको पर्यटन प्रवर्द्धन, पूर्वाधार विकास र सामाजिक रूपान्तरणका लागि युवाहरूको भूमिकाका बारेमा पनि प्रष्ट पार्ने विश्वास लिइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad