कर्णाली


एमाले कर्णालीको निर्वाचन कमान्डर यामलाल कँडेल

एमाले कर्णालीको निर्वाचन कमान्डर यामलाल कँडेल

नेपालखबर
माघ १२, २०८२ सोमबार १८:९, सुर्खेत

नेकपा एमाले कर्णाली प्रदेश कमिटीले पार्टीका केन्द्रीय सचिव यामलाल कँडेलको संयोजकत्वमा निर्वाचन परिचालन कमिटी गठन गरेको छ। सोमबार बसेको एमाले कर्णाली प्रदेश कमिटीको नवौँ सचिवालय बैठकले कँडेलको संयोजकत्वमा चार सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको हो।

समितिका सदस्यहरूमा कालीकोटका मानव बम, दैलेखका वीरबहादुर रावत र सुर्खेतका हरिहरनाथ योगी रहेका एमाले कर्णाली प्रदेश कमिटी सचिवलय सदस्य तथा संगठन विभाग उपप्रमुख इन्द्रबहादुर केसीले जानकारी दिए।

उनकाअनुसार समितिले १० जिल्लाका १२ वटै निर्वाचन क्षेत्रमा एमालेको चुनावी प्रचारप्रचार लगायत निर्वाचन आयोग, प्रशासन, सुरक्षा निकायसँग समन्वयकारी भूमिका निर्वाह गर्नेछ।

यस्तै, बैठकले विभिन्न जिल्लाहरूबाट ६ जना नेतालाई प्रदेश कमिटी सदस्यमा मनोनीत गरेको छ। जसमा सुर्खेतबाट कोकिला सिंह र धीरबहादुर शाही, सल्यानबाट कुलबहादुर गिरी र दानबहादुर शाही, जाजरकोटबाट वेदबहादुर शाही र दैलेखबाट वीरबहादुर रावतलाई मनोनीत गरिएको केसीले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad