कर्णाली


कर्णाली प्रदेशमा राष्ट्रियसभा निर्वाचन: मुख्यमन्त्री कँडेलले गरे मतदान

कर्णाली प्रदेशमा राष्ट्रियसभा निर्वाचन: मुख्यमन्त्री कँडेलले गरे मतदान

नेपालखबर
माघ ११, २०८२ आइतबार १०:१७, सुर्खेत

राष्ट्रियसभा निर्वाचनअन्तर्गत कर्णाली प्रदेशमा पनि मतदान भइरहेको छ। 

देशका अन्य प्रदेशसँगै कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा बिहान ९ बजेदेखि मतदान भइरहेको हो। 

यसैबिच कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले पनि मतदान गरेका छन्। 

यहाँ महिला र अन्य गरी दुई जना राष्ट्रियसभा सदस्य चुनिँदै छन्। 

यसका लागि नेपाली कांग्रेस र नेकपा एमालेले गठबन्धन गरेका छन् भने त्यसविरुद्ध नेपाली कम्युनिस्ट पार्टीले उम्मेदवार खडा गरेको छ। 

कांग्रेस-एमाले गठबन्धनबाट कांग्रेसका कर्णाली प्रदेश सभापति जुम्लाका ललितजंग शाही र एमालेका केन्द्रीय सदस्य दैलेखकी मीनासिंह रखाल उम्मेदवार छन्। 

यस्तै नेकपाबाट रुकुमपश्चिमका बुद्धिप्रसाद शर्मा र डोल्पाकी अञ्जु महतारा शाही उम्मदेवार छन्।

आउने फागुनमा राष्ट्रियसभाका १९ सदस्यको पदावधि सकिँदै छ। तीमध्ये १ जना राष्ट्रपतिले मनोनयन गर्ने व्यवस्था छ। 

बाँकी १८ सदस्यमा पनि एक जना (कोसी प्रदेशमा खस आर्यतर्फ सुनिलबहादुर थापा) निर्विरोध निर्वाचित भइसकेकाले आज १७ सदस्यका लागि निर्वाचन भइरहेको हो।

मतदान बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म जारी रहने निर्वाचन आयोगले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad