नेपाली कम्युनिस्ट पार्टीले जुम्लाबाट नरेश भण्डारीलाई आगामी प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार बनाउने निर्णय गर्दै टिकट दिएको छ।
पार्टीले उनको राजनीतिक सक्रियतामा जुम्लामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना लगायतमा महत्वपूर्ण भूमिका खेलेको भन्दै उनलाई टिकट दिएको बताएको छ।
भण्डारी स्वयं २०६४ सालमा जुम्ला-१ बाट संविधानसभा सदस्य बनेका थिए। २०७९ मा भने तत्कालीन माओवादी केन्द्रका उम्मेदवार गोम कुँवरलाई पराजित गर्दै राप्रपाका ज्ञानेन्द्र शाही निर्वाचित भएका थिए।
123
Shares

प्रतिक्रिया