सेयरबजारमा १३.३५ अंकको संकुचन आएको छ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार सूचक उक्त अंकले घटेर २६३५.९४ विन्दुमा झरेको हो।
यस दिन ५ अर्ब १७ करोडको कारोबार भएको छ। कुल १ करोड कित्ता बिक्रीपछि यो परिमाणमा किनबेच भएको हो।
बुधबार ६२ वटा सेयरको मात्र मूल्य बढेको छ। त्यसैगरी १८७ वटाको घट्दा १० वटाको मंगलबारकै मूल्यमा कारोबार भएको छ। बढेकामध्ये नारायणी विकास बैंकको ६.०८ प्रतिशतले बढे पनि अन्य सेयरहरु अधिकतम ३.३५ प्रतिशतसम्म मात्रै उकालो लागेका छन्।
लगातार बढिरहेको एसवाई प्यानल भने आज धेरै घट्नेमा पहिलो नम्बरमा छ। कम्पनीको सेयर ८.४५ प्रतिशतले घटेको हो।
यसबाहेक जीवन विकास लघुवित्त ६.५९ प्रतिशतले, विन नेपाल लघुवित्त ५.५३ प्रतिशतले, ट्रेड टावर लिमिटेड ४.६४ र दरमखोला हाइड्रो ४.१३ प्रतिशतले घटेको छ।
कारोबारमा पनि एसवाई प्यानल अगाडि छ। कम्पनीको २६ करोडको कारोबार भएको हो। यस्तै श्रीनगर एग्रिटेक २३ करोड, मञ्जुश्री फाइनान्स २० करोड, शिवम् सिमेन्ट १६ र सागर डिस्टिलरी १५ करोडको कारोबार भएको छ।
Shares

प्रतिक्रिया