सुर्खेतको वीरेन्द्रनगरमा शनिबार बिहान गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ।
प्रहरीका अनुसार बिहान ५ बजेतिर वीरेन्द्रनगर नगरपालिका-१ स्थित टेम्पो पार्कनजिक गाडीले ठक्कर दिँदा दैलेखको डुङ्गेश्वर गाउँपालिका-५ का ४३ वर्षीय जंगबहादुर बुढाको मृत्यु भएको हो।
रक्सीले मातेर सडकमा सुतिरहेका बेला गाडीले ठक्कर दिँदा बुढा गम्भीर घाइते भएका थिए।
उद्धार गरी प्रदेश अस्पताल सुर्खेत लगिए पनि उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी दीपक मगराठीले जानकारी दिए।
उनका अनुसार हालसम्म ठक्कर दिने गाडीकाे पहिचान हुन सकेको छैन।
‘मदिरा पिएर सडकमा सुतिरहेको अवस्थामा गाडीले किचेको भन्ने प्रारम्भिक जानकारी छ’, उनले नेपालखबरसँग भने, ‘कुन गाडीले ठक्कर दिएको हो भन्ने खुल्न बाँकी छ। बिहानैदेखि आसपासका सीसीटीभी क्यामेराको फुटेज हेर्ने काम भइरहेको छ।´
Shares

प्रतिक्रिया