कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगर सुर्खेतमा संविधानको रक्षाको माग गर्दै युवा संघले विरोध प्रदर्शन गरको छ। राष्ट्रिय युवा संघ नेपाल कर्णाली प्रदेश कमिटीको आयोजनामा विरोध प्रर्दशन गरिएको हो।
बिहीबार संविधानको रक्षार्थका लािग शान्तिपुर्ण सांकेतिक प्रदर्शन गरिएको युवा संघ कर्णाली प्रदेश कमिटी अध्यक्ष जीवन शाहीले जानकारी दिए। उनका अनुसार प्रदर्शनका क्रममा मध्यपश्चिम विश्वविद्यालय अगाडीबाट युवा संघ प्रदेश कमिटीका उपसचिव बद्री बोहोरालाई प्रहरीले प्रकाउ गरेको छ।
अध्यक्ष शाहीले भने, ‘हाम्रो प्रदर्शन संविधान रक्षाका लागि हो। तोड्ने, जलाउने हाम्रो उदेश्य होइन संविधानसहित माटोको सुरक्षा हाम्रो माग हो।’
साथै उनले विरोधका क्रममा प्रहरीले नियन्त्रणमा लिएका बोहरालाई अविलम्ब रिहाको माग गरेका छन्।
यस्तै, विरोधमा नेकपा एमाले निकट युवा संघसँगै, नेपाली काँग्रेस निकट नेपाल तरुण दल, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन, विद्यार्थी नेता तथा युवाहरुको सहभागिता रहेको थियो।
Shares

प्रतिक्रिया