कर्णाली


सुर्खेतमा ‘समृद्ध कर्णालीका लागि युवा’ बहस हुँदै

सुर्खेतमा ‘समृद्ध कर्णालीका लागि युवा’ बहस हुँदै

नेपालखबर
साउन २५, २०८२ आइतबार १५:३५, सुर्खेत

अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा कर्णाली प्रदेशमा ‘समृद्ध कर्णालीका लागि युवा’ भन्ने विषयमा प्रदेशस्तरीय बहस हुने भएको छ। कार्यक्रम कर्णाली युथ सोसाइटीको आयोजनामा मध्यपश्चिम विश्वविद्यालयको केन्द्रीय कार्यालयमा सोमबार हुनेछ।

कर्णाली युथकी अध्यक्ष सुप्रिया शाहीले ‘अब युवालाई सुनौं’ भन्ने मूल नारासहित प्रदेशभरिका युवाको विचार, सुझाव र भूमिकालाई नीति निर्माण तहसम्म पुर्‍याउने उद्देश्यले कार्यक्रम गर्न लागिएको बताइन्। उनकाअनुसार बहसमा ६ जना युवा व्यक्तहरु रहेछन्। 

व्यक्ताहरुमा मनोसामाजिक परामर्शकर्ता शर्मिला बिसी, रवीकिरण हमाल, प्रतिमा केसी, दिपेश शाही ठकुरी, प्रकाश खड्का र आदर्श विक्रम सिंह ठकुरी छन्। 

उनीहरुले कर्णालीको आर्थिक, सामाजिक, शैक्षिक, सांस्कृतिक तथा राजनीतिक विकासमा युवाको भूमिका र सम्भावनाबारे धारणा प्रस्तुत गर्नेछन्।

बहस कार्यक्रममा कर्णाली प्रदेशका १० वटै जिल्लाबाट युवा प्रतिनिधिहरूको सहभागिता रहनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad