कर्णाली


हितेन्द्रदेव शाक्यले गरे कोहलपुर–सुर्खेत १३२ केभी प्रशारण लाइनको स्थलगत अनुगमन

हितेन्द्रदेव शाक्यले गरे कोहलपुर–सुर्खेत १३२ केभी प्रशारण लाइनको स्थलगत अनुगमन

नेपालखबर
असार ११, २०८२ बुधबार १७:२, सुर्खेत

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले कोहलपुर–सुर्खेत १३२ केभी प्रशारण लाइनको स्थलगत अनुगमन गरेका छन्। बुधबार निर्देशक शाक्यले कोहलपुर सुर्खेत १३२ केभी विद्युत प्रशारण लाइनको अनुगमन गरेका हुन्। 

निर्देशक शाक्यले आगामी असोज (दसैँ) सम्म कर्णालीको विद्यमान विद्युत समस्या हल हुने दाबी गरेका छन्। शाक्यले निर्माण आरम्भ भएको लामो समयसम्म पनि कोहलपुर–सुर्खेत १३२ केभी प्रशारण लाइनले पूर्णता नपाएपछि स्थलगत अनुगमन गरेका थिए। 

यस्तै, सुर्खेतको सब्बाकुनास्थित निर्माणाधिन शवस्टेशनको अवलोकन गर्न पुगेका शाक्यले प्रशारण लाइनमा भइरहेको अवरोध समाधान गर्न मातहतका कर्मचारीलाई जिम्मेवार भएर लाग्न निर्देशन दिएका छन्।  

बाँकेको बानियाँभार क्षेत्रमा जारी अवरोध र यसको कारणबारे स्थानीयसँग छलफल गरेर सुर्खेत पुगेका शाक्यले समस्या समाधान उन्मुख रहेको बताए।

२२ असार २०७६ बाट सुरु भएको कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन बाँकेका स्थानीयको अवरोधका कारण सम्पन्न हुन सकेको छैन्। स्थानीयको अवरोधका कारण तीन वटा टावर निर्माण रोकिएका छन्।

 बाँकेको कोहलपुरबाट सुरु भई सुर्खेतको सुब्बाकुनामा निर्माणाधिन शवस्टेशनमा जोडिने कुल ५२ किलोमिटर प्रशारण लाइनमा पर्ने एक सय ६१ मध्ये विवाद देखिएको ठाउँ बाहेक अन्य अधिकांश क्षेत्रमा टावर निर्माण भई तार तान्ने काम सम्पन्न भइसकेको छ।

२०४५ सालमा विस्तार भएको जिर्ण विद्युत पूर्वाधारका कारण कर्णालीमा सामान्य हावा चल्दापनि हप्तौसम्म विद्युत सेवा अवरुद्ध हुने गरेको छ।

साथै उनले कर्णाली सरकारका मुख्यमन्त्री यामलाल कँडेलसँग पनि छलफल गरेका छन्। 

उक्त छलफलमा शाक्यले प्रशारण लाइनमा देखिएका अवरोध हटाई आयोजनालाई पूर्णता दिने प्रतिवद्धता जनाका छन्।

शाक्यसँगको भेटपछि मुख्यमन्त्री कँडेलले कर्णालीवासीले भोग्नु परेको विद्युत समस्या र कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन बिस्तारमा देखिएको समस्याबारे जानकारी गराएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad